२०७८ माघ २८, शुक्रबार ०६:४३

गौर । रौतहट चन्द्रपुर नगरपालिका– ८ सन्तपुरमा रहेको राजमार्गको दाया“ बाया“मा निर्माण भइरहेको १८ सय मिटरको रेल्वे ट्रयाकबेडमा गुणस्तरीय सामग्रीको प्रयोग भएको प्राविधिकहरुले दाबी गरेका छन् ।

पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिवास सडक खण्ड अन्तर्गत रौतहटमा निर्माणाधीन रेल्वे ट्रयाकबेडको प्राविधिक टोलीले चेकजाँच गरेको छ । ट्रयाकबेडको चेकजा“च गर्दा गुणस्तरीय सामग्रीको प्रयोग गरी काम भइरहेको जानकारी टोलीमा सहभागी प्राविधिकहरुले बताएको छ । सो रेल्वे ट्रयाकबेडमा मापदण्ड अनुसार मिक्स ग्य्राबेल र माटो राखेर १५ देखि २० सेन्टिमिटरमा रोलिङ गरिएको निर्माण कार्यको प्राविधिक जिम्मा लिएका रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिवास खण्ड साइट कार्यालय लालबन्दीका ओभरसियर श्याम श्रेष्ठले जानकारी दिए । लामा गोल्डेनगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुरमा रहेको राजमार्गको दाया“ बाया“मा निर्माण भइरहेको रेल्वे ट्रयाकबेड अहिले सम्मकै गुणस्तरीय सामग्रीको प्रयोग भएको स्थानीय प्रेम तिमल्सिनाले बताए । निर्माणाधीन रेल्वेको माटो पुर्ने काम, ब्यांकेटिंग,लिक निर्माण,पर्खाल तथा कल्भर्ट निर्माण कार्य सम्झौता अनुसार नै भइरहेको रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिवास खण्ड साइट कार्यालय लालबन्दीका इन्जिनियर बोध भण्डारीले बताए ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News