अपडेट 
२०७८ माघ २९, शनिबार ०७:४७

राजविराज । आगामी फागुन एक गते देखि जिल्लाका सबै विद्यालयलाई १२ वर्ष पूरा नभएका विद्यार्थीका लागि आलोपालो कक्षा संञ्चालन गर्न स्थानीय प्रशासनले आदेश जारी गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै उक्त आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमणको जोखिम कायमै रहेकाले संक्रमण ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा फागुन १ गते देखि लागु हुने गरी १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो । आदेशमा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा भने नियमित कक्षा संञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । विश्व विद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षा मापदण्डको पूर्ण पालना गरी संचालन गर्न पाउने जारी आदेशमा भनिएको छ ।

यस्तै पार्टी प्यालेश र खेलकुद कार्यक्रमहरुमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै एक पटकमा कूल क्षमताको बढीमा ५० प्रतिशत भन्दा बढी नहुने गरी सञ्चालन गर्न, डान्स बार, दोहरी, नाच घर, पव, क्लबलगायतका रात्रीकालीन व्यवसाय सिनेमाघर, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी मात्र फागुन १ गतेबाट राती १० बजेमा नबढ्ने गरी संचालन गर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News