अपडेट 
२०७८ माघ २९, शनिबार ०८:०८

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा मधेश प्रदेशभरि २५ जना कोरोना संक्रमित भएका फेला परेका छन् ।

प्रदेशभरि २ सय ६५ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमणको पुष्टि भएको मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले जनाएको छ । गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा १ सय १४ जनामा पिसिआर परीक्षण गर्दा ६ जनामा , गजेन्द्र ना.सिंह सगरमाथा अस्पताल राजविराजमा ८ जनाको पिसिआर परीक्षण गर्दा ४जनामा, जलेश्वर अस्पताल पिसिआर ल्याबमा १४ जनाको पिसिआर परीक्षण गर्दा १ जनामा संक्रमण फेला परेको हो । त्यसै गरी सिरहा अस्पताल पिसिआर ल्याबमा २० जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमणको पुष्टि भएको छ भने मलंगवा अस्पताल सर्लाहीमा २९ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा र २जनाको एन्टिजेन परीक्षण गर्दा सबै निगेटिभ रहेको बताइएको छ । त्यस्तै गौर अस्पताल रौतहटमा १९जनामा पिसिआर परीक्षण गर्दा सबै नेगेटिभ रहेको प्रयोगशालाले जनाएको छ ।

त्यसैगरी कलैया अस्पताल बारामा ६जनाको पिसिआर परीक्षण गर्दा सबै नेगेटिभ र नारायणी अस्पताल वीरगञ्जमा ६१ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा संक्रमणको पुष्टि भएको छ त्यसै गरी सिरहाको लहान अस्पतालबाट प्राप्त १ वटा पोजिटिभ केस रहेको प्रयोशालाले जनाएको छ । सो अवधिमा संक्रमित हुनेहरु मध्ये धनुषाको चार,महोत्तरीको तीन,सिरहाको चार ,सप्तरीको दुई,सर्लाहीको तीन ,रौतहटको एक,बाराको पाँच र पर्साको दुई तथा एक जना अन्य प्रदेशको रहेको प्रयोगशालाद्वारा जारी तथ्यांकमा उल्लेख रहेको छ । कोरोनाले गर्दा प्रदेशभरि हालसम्म मृत्यु हुनेहरुको संख्या १ हजार ५९ पुगेको छ । सो मध्ये सप्तरीमा १ सय ६१, सिरहा १ सय ३६, धनुषामा १ सय ३२, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहटमा १ सय ३०, बारामा १ सय ८१, पर्सामा १ सय ३४ तथा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेहरु मध्ये ७ सय ६९ पुरुष तथा २ सय ९० जना महिला रहेको प्रयोगशालाले जनाएको छ । त्यस्तै शुक्रबार १ सय जना विरामीहरु कोरोनालाई जितेर घर फर्केका छन् । यसैको साथ कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ३८ हजार ९ सय ९२ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News