२०७८ फाल्गुन १, आईतवार ०८:२०

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य राम कुमार भट्टराईले नेकपा एमाले धतुरोको वोट जस्तो भएको टिप्पणी गरेका छन् ।

रौतहट जिल्लाको गरुडामा आयोजित नेकपा एकीकृत समाजवादी पार्टीको वर्गीय संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पूर्व सांसद समेत रहेका भट्टराईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको भविष्य उज्जवल नरहेको समेत दाबी गरे । उनले एमालेप्रति लक्षित गर्दे आँपको वोट लगाए फल दिन्छ र धतुराको बोटबाट धतुरा बाहेक केही प्राप्त हुँदैन भन्दै आगामी निर्वाचनमा एमालेको अस्तित्व नै समाप्त हुने धारणा राखे । कम्युनिष्टको विचार , सिद्धान्त विपरीत एमालेको कदम भएकोले पतन निश्चित रहेको बताउँदै भट्टराईले अन्यायको विरुद्ध ईमान्दारीपूर्वक निर्धक्क रुपमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरे । समारोहमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सदस्य शेख कलिमुल्लाह , जिल्ला अध्यक्ष कमल यादव , समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शैलेन्द्र कुमार गुप्ता , प्रेम चन्द्र झा , लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रथम जिल्ला अधिवेशनको बन्द सत्रबाट नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरको अध्यक्षतामा २१ सदस्सीय नयाँ जिल्ला कार्य समिति गठन गरिएको छ । गठित जिल्ला कार्य समितिको उपाध्यक्षमा कृष्ण तिवारी , इन्दु देवी मिश्र , सचिवमा राकेश कुमार यादव , स–सचिवमा रुपेन्द्र पटेल , राजेश पासवान ,कोषाध्यक्षमा रौशन चौधरी , सदस्यहरुमा संजय कुमार मिश्र , उमेश कुमार यादव , अजित कुमार कर्ण , मनोज कुमार मुखिया , प्रदीप दास तत्मा , मुकेश यादव , विदुर झा,विमलेश कुमार झा,राजेश कुमार यादव लगायतका रहेका छन् ।

Comment


Related News

Latest News

Trending News