अपडेट 
२०७८ फाल्गुन २, सोमबार १२:००

सरकारले मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी व्यवस्था सम्बन्धी निर्देशिका २०७४लाई संशोधन गरेको छ ।

यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै तौल पुल सञ्चालनलाई थप व्यवस्थित गर्न विभिन्न व्यवस्थाहरु गरिएको छ । तौल पुल सञ्चालन गर्दा विभागबाट अनुमति लिनुपर्ने, तौलपुल १२ चक्के सवारीका लागि पनि सहज हुने गरी बनाउनुपर्ने, वजनअनुसार प्रतिसवारी १०० रुपैयाँ मात्रै शुल्क लिन पाइने लगायतका व्यवस्था गरिएको छ ।

सवारीहरुले भारवहन क्षमताभन्दा बढी मालसामान बोकेमा हुने जरिवाना र कारवाहीको सीमा पनि बढाइएको छ । तोकिएको भन्दा भार बोक्ने सवारीले सामान झारेर पुनः ढुवानीको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

त्यसैगरी सवारी दर्ता प्रमाणपत्रकै वजन सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । सम्बन्धित सवारी कार्यालयले सवारी दर्ता गर्दा कम्पनीले तोकेको कुल वजन उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।अधिकतम् एक्सलको भारअनुसार बढ्न सक्ने कुल वजन पनि उल्लेख गर्नुपर्ने व्यवस्था निर्देशकिाले गरेको छ । दर्ता भइसकेका सवारीको पनि नवीकरण गर्ने क्रममा यस्तो वजन उल्लेख गर्नुपर्ने नियम आएको छ।

Comment


Related News

Latest News

Trending News