२०७८ फाल्गुन ३, मंगलवार ०७:५९

कर्मचारी अभावको कारण जिल्ला प्रशासन कार्यालय सप्तरीको कामकाज प्रभावित भएको छ ।

दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिप्रका सप्तरीबाट प्रवाहित हुने सेवा प्रभावित भएको हो । जिप्रका सप्तरीमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० जना नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी रहेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा , पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । उनले भने,‘कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक जनाले धानेको छ, निकै समस्या भएको छ ।’ नायब सुब्बाको १० जनाको दरबन्दीमध्ये आठ नायब सुब्बा अहिले काम गरे पनि लामो समयदेखि नायब सुब्बाका दुई दरबन्दी रिक्त नै रहेको छ । एक प्रशासकीय अधिकृत पनि विगतदेखि नै रिक्त रहेका कारण नागरिकता, राहदानी तथा अन्य महत्वपूर्ण कामकाज प्रभावित भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भई काम प्रभावित हुन थालेपछि प्रशासकीय अधिकृतले गर्नुपर्ने नागरिकताको काम अहिले राजविराज कारागारका जेलर सुमन कोइरालाले गर्दै आएका छन् । कामु प्रशासकीय अधिकृतका रुपमा उनले नागरिकतामा तोक लगाउने, राहदानी सिफारिस गर्ने, प्रतिलिपि बनाउने लगायतमा अहिले सहयोग गरिरहेका छन् । प्रशासकीय अधिकृत किशोर राम विगत १५ दिनदेखि घरायसी कामका लागि विदा बसेपछि यहाँ कर्मचारीको अभाव देखिएका कारण कारागारबाट नायब सुब्बा(नासु) कोइरालालाई ल्याएर ‘नागरिकता, प्रतिलिपि तथा राहदानीलगायत काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News