जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्ना चार बर्षको प्रमुख उपलव्धिहरु मंगलवार सार्वजनिक गरेको छ । मंगलवार विहान मुख्यमन्त्रीको निवासमा आयोजित एक कार्यक्रमका विच सो उपलव्धिहरु सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रगति विवरण पेश गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतले मधेश प्रदेशको विकासकालागि प्रदेश सरकार सदैव तत्पर रहेको बताएका थिए । उनले विगतमा वेटी बचाउँ वेटी पढाउ अभियान अन्र्तगत साइकल वितरण गर्यौ र अगामी दिनमा ल्यापटप वितरण गर्ने योजना रहेको वताएका थिए ।
कार्यक्रममा उनले ऐनमै बनाएरनै महिला, आदिवासी, जनजाति, मुस्लिम लगायतलाई संख्याको आधारमा सेवा सुविधा उपलव्ध गराउने बताए । उनले प्रदेश सरकार सामु कोरोना महामारीको प्रकोप एक्कै चोटी आएको र त्यो प्रदेश सरकारको मात्रै नभई सम्पूर्ण विश्व सामुनै चुनौती बनेको बताउँदै प्रदेश सरकारले आफ्ना जनताको सुरक्षाकोलागि गरेको कार्य अन्य प्रदेश सामु उदाहरणीय रहेको बताएका थिए ।
मधेश प्रदेश सरकारले विगत चार बर्षमा सामाजिक विकास, पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन तथा वन, सामाजिक सुरक्षा, आर्थिक विकास तथा योजना, सुशासन तथा शासकीय सुधार, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन तथा सञ्चार र कानुन तथा न्याय नगरी विभिन्न ८ वटा शिर्षक बनाएर आफ्नो प्रगतिको विवरण सार्वजनिक गरेको छ ।

