२०७८ फाल्गुन ४, बुधबार ०७:३४

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको दाबी गरेका छन् ।

मंगलबार जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेश अनुसार फरक फरक धारणा राखेकै कारण एमसीसी विवादमा परेको दाबी गरे । एमसीसीका बारेमा पार्टीका नेता कार्यकर्ताबीच एकनाशको , गठबन्धन तथा विदेशी शक्तिलाई अर्को किसिमको अभिव्यक्ति दिएर एमसीसीलाई प्रचण्डले गिजोल्ने काम गरेको उनले आरोप लगाए । प्रचण्ड नेतृत्वको सरकारको पालामा स्वीकृत भएको एमसीसीलाई अहिले विवादमा पार्ने काम भइरहेको उनले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले वर्तमान सत्तारुढ दलीय गठबन्धनलाई अव्यवहारिक र अप्राकृतिकको संज्ञा दिए । संघीय व्यवस्थाको विरुद्धका रहेका चित्र बहादुर केसीको पार्टीसँग गठबन्धन समावेश गरेकोले गठबन्धन नै विचित्र प्रकारको रहेको उनले टिप्पणी समेत गरे ।

सीमा, राष्ट्रिय स्वाधिनता, राष्ट्रियताको सवालमा एमाले कसैसंग सम्झौता नगर्ने बताउँदै उनले भने,‘ अहिले मुलुकमा मुख्य दुई धारको राजनीति भइरहेको छ, एकको नेतृत्व एमालेको गरिरहेको छ भने अर्को नेतृत्व एमाले विरोधी पार्टीहरुले गरिरहेको छ ।’ उनले बताए । एमसीसी देउवा र प्रचण्डकै सरकारको पालामा स्वीकृत भएको भन्दै उनले एमालेको पालामा संसदमा टेवल मात्र भएको उनको भनाई थियो । एमालेको कार्यकर्ता प्रशिक्षण बुधवारसम्म चल्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News