अपडेट 
२०७८ फाल्गुन ४, बुधबार ०७:५८

प्रेम न वारी उपजै प्रेम न हाट विकाय लैला मजनूको कथा (किस्सा–ए–लैला मजनू)

राधाकृष्णको प्रेमको प्रसंगमा महाकवि विध्यापति भन्नु हुन्छ “सेहे रे पिरीत अनुराग बखानिय तिल नूतन होय” अर्को ठाउँमा महाकवि भन्नु भएको छ “अनुखन माधव–माधव रटइत राधा भेल मधाई” अर्थात सतत माधव माधव रहदा रटदै राधा आपूm माधव भइन ।

माया–प्रितिको सम्बन्धमा महाकवि मीर्जा गालिवले भन्नु भएको छ– इश्क पर जोर नही है यह तो आतिश गालिव कि लगाए नलगे और बुझाए नबुझे

अर्थात यो यस्तो आग हुन्छ जो लगाउयने प्रयास गरे लाग्दैन र लागेपछि निभाए पनि निम्दैन । त्यस्तै हो माया प्रितीको रुप । भनिन्छ मैथिली लोक गाथाका नायक सलहेसको प्रेममा पागल भएकी दौना मालिन आज पनि प्रत्येक वर्ष बैशाख एक गते सलहेस फुलवारीमा माला सजाएर प्रतिक्षा गर्छिन । भने अर्को मैथिली लोक गाथा दीनाभद्रीका नायक दीना हीरा तमोलिनसंग प्रेम सम्बन्ध गाँसको पाइन्छ भने लोरिक चनैनको संगको माया प्रितिको कथा प्रसिद्ध छ । लोकगाथाहरुमा यस्तो अनेक प्रेम प्रसंग पाइन्छ । त्यस्तै पौराणिक प्रसंगहरुमा दुष्यन्त–शकुन्तला, कृष्ण–रुकमिणी, नल दमयन्ती, अष्टावक्र–अनन्या, दुर्वासा– कुन्ती, सान्तनु–सत्यवती, राधाकृष्ण, सुभद्रा– अर्जुनको प्रेम प्रसंग, महाकवि कालिदासको विरही यक्ष आज पनि छटपटाई रहेको छ । यस्ता अनेक माया प्रितीका प्रसंगहरु पौराणिक ग्रन्थहरुमा रहेको पाइन्छ । हीर राँझाको प्रेम कथामा फिल्म पनि बनेको छ । प्रेम गर्दा नजात हेरिन्छ न उम्र । “न उम्रकी सीमा हो न जन्मका बन्धन” तर लैला मजनूको गाथा अविस्मरणीय इतिहास बनेको देखिन्छ । अनेको हिन्दीका फिल्मका गीतहरुमा लैला मजनूको चर्चा गरिएको छ । मजनूले चिरंतन सौन्दर्य र प्रेमलाई एउटा अविस्मरणीय इतिहास बनाई दियो । यौवनको उन्मत गायक मजनू सदाको लागि अमर भयो । बाबरी लैला पनि प्रेमिकाहरुको लागि सर्वोत्तम उदाहरण बनेर संसार प्रसिद्ध भइन । इनका प्रेम प्रसंगलाई पढेर जिन्दगीको नसा केही बढछ र संसार केही थप प्रिय लगन थाल्छ । एउटा कथा अनुसार लैला बसरेको अमीर की छोरी थिइन जसलाई यमनको राज कुमार कैससंग प्रेम भयो । लैला अति सुन्दर र काली भएपनि लाखौमा एक थिइन । दुवै प्रथम भेंटमा नै एक अर्का प्रति आसक्त भएका थिए । कैस गोरो सजिला घुडसवार र निपुण शिकारी थियो ।

कैस कसरी मजनू बने वसरेको अमीर यमनको राजाको तुलनामा कम शक्तिशाली थियो । तर थियो बडो जिद्दी यमनको साथ उसको पुस्तैनी शत्रुता थियो । त्यसैले कैस र लैलाको विहेको कुरा असम्भव थियो । कैसलाई थियो कि बसरेको अमीरले उसलाई लैला संग विहे गर्न दियो भने उसले यमनको राष्ट्रियता त्यागेर सदा बसरेमा बसन तैयार हुन सक्छ तर बसरेको अमीर वर्षोदेखि यमनको राजपरिवारसंग बदला लिने मौका खोजी रहेको थियो । अन्तमा कैसले आफना परममित्र जैदको सहयोगबाट लैलासंग भेटने योजना बनायो । मजनूले निश्चित स्थानमा भेटन एउटा चराको गोडामा प्रेम पत्र बाँधेर लैला कहाँ पठाई दियो । योजना सफल भयो । एक तालावको छेउमा अर्धरात्रिमा दुवैको भेंट भयो । यसै ठाउँमा दुवैले भारत जाने योजना बनाए । यिनीहरुको कुरा छिमेकी राजा इब्नको जासूस लुकेर सुनी रहेको थियो । इब्नले पनि लैलासंग विहे गर्न चाही रहेको थियो । त्यसैले उसले चारैतिर आफनो जासूस राखी छोडेको थियो । त्यस जासूसले लैला मजनूको योजनाको जानकारी राजा इब्नलाई दियो । जसले मित्रता बढाउने उद्देश्यले यी सबै कुरा बसरेको अमीरलाई सुनायो । बसरेको अमीर लैला माथि अति क्रोधित भयो र उसलाई कुनै अन्य नगरमा पठाई दियो । लैलाले कैसलाई यो समाचार दिन बडो प्रयास गरीन तर असफल रहीन । उता कैस निश्चित गरिएको स्थानमा आफनो घोडा लिएर प्रतीक्षा गरी रहयो । तर जब लैला आइन उसले लैला लैला भनेर कराउन आरम्भ ग¥यो । यहीबाट कैस मजनू भयो । यो समाचार यमनको राजाले पायो । उसले आफना मंत्रीहरुसंग सलाह गरेर निर्णय गरेकि त्यो पुरानो रंजिश त्यागेर बसरेको अमीर संग कुरा गर्नेछ र लैलाको विहे कैस संग गरी दिन भन्छ । उसले भेटन वसरा पनि गयो । तर वसरेको अमीरले यमनको राजालाई भनी दियो कि कैस पागल भैसकेको छ र उसलाई होशमा आएपछि मात्र कुरा गर्ने । यो कुरा सुनरे यमनको राजालाई बडो धक्का लाग्यो र यमन फकर्यौ । यमनको मित्र नोफालको राजा पनि कैस लैलाको विहेको उद्देश्यले बसरेको अमीरसंग भेटन गएको थियो । तर उसले मानेन । नोफालको राजाले बसरेको अमीरलाई युद्धको धमकी पनि दियो । जसलाई इब्नको संकेतमा स्वीकार गरि लियो । जब मजनूलाई दुई देशमा युद्ध भै हाल्ने कुरा थाहा भयो अनि यसलाई रोक्न प्रार्थना गर्न मक्का गयो । उता राजा इब्नले एउटा चाल चले र एक चतुर व्यक्तिको हातबाट यो समाचार यमन पठाई दियो कि मजनूले आत्महत्या गरेको छ । लैलालाई पनि यै भूmठो खबर पठाइ दियो । जब यमनले यो समाचार पायो तब त्यो अत्यन्त दुखी भयो । उसले युद्धको सम्पूर्ण तैयारी रोकी दियो । तर इब्नको योजना अनुसार बसरेका अमीरले यमन माथि भूलले धाबा गरि दियो । युद्धमा यमनको राजा र वसरेको अमीर दुवैको मृत्यु भयो । नोफालको राजा पनि नराम्ररी धाइते भएर पछि उनको मृत्यु भयो । यस प्रकार इब्नका सम्पूर्ण बाटो खुली हाल्यो र उसले लैला संग विहे गरी लियो । तर लैला सदैव मजनूसंग नै प्रेम गरी रहेकी र उसले सदैव मजनूको खोजीमा थिइन ।

मजनू स्वयं लैला भयो एक दिन लैलाले मजनूलाई पता लगाइ हाली । जैद कुनै किसिमले मजनूलाई व्यापारीको रुपमा बसरा लग्यो र लैलालाई मजनू आएको समाचार पठायो । लैला पनि मजनूसंग भेटन आतुर थिइन । भेटनका लागि त्यै स्थान निश्चित भयो जहाँ दुवैको प्रथम मिलन भएको थियो । मजनू पैmरी प्रतीक्षा गर्दै रहयो तर लैला पुग्न सकिन वास्तवमा लैलाले भेटन जाने भन्ने पूर्ण तैयारी गरी सकेकी थिइन तर उसको मनमा अनेक दुविधाहरु थिए । अब उ एउटी राजकुमारी न भै महारानी थिइन । उसलाई आफनो प्रजा र सिंहासनको मर्यादा पनि राख्नुपर्ने थियो । तसर्थ उसले मजनूसंग भेटने योजनामा परिवर्तन गरीन । लैला कैससंग भेटनत सकीन तर उसले मजनूलाई प्रत्येक पल संझी रहेकी हुन्थी । इब्न पनि दुखी थियो । किनकि उसले यो सबै कुरा लैलाको प्रेम पाउन गरेको थियो । तर भयो यसको विपरित र त्यसै दुखले उसको मृत्यु भयो । लैलाले ६ महिनासम्म शोक मनाएर उसले कैससंग भेटने आमन्त्रण पठायी । तर त्यो उसको प्रेममा पूर्ण रुपले पागल भै सकेको थियो । लैला जब उ संग भेटयो अनि उ आपूmलाई नै लैला भनी रहयो । उसको मित्र जैदले उसलाई सकभर सम्झाउने प्रयास गरी रहयो । उ कहिले जंगलतिर त कहिले रेगिस्तान तिर पागल भै घुम्दै रहयो । केटाकेटीहरु उसलाइृ पागल भनेर उस माथि पत्थर फयाकथे त कहिले तंग गर्ने गरेका थिए । प्रेम र विवशताको दिव्यतम रुप मजनूको करुण स्वरमा प्रगट भै रहेको थियो । लैलालाई पत्र लेखि रहन्थ्यो । एक दिन मजनू रेगिस्तानमा बसेर वालुवामा केही लेखि रहेको देखेर कसैले सोध्यो–

ओ पागल, तिमी यो पत्र कसलाई लेखी रहेका छौ । मजनूले जवाफ दियो– म लैलाकी नामको आफनो तसल्लीको लागि मश्क गर्दैछु ।

लैलाले मजनूलाई पाउन हजारो सपना देखेकी होली र उसले यसै प्रतीक्षामा प्राण त्याग गरीन कि एकदिन मजनू उसलाई अवश्य भेटनेछ । जब जैदले यो दुखद समाचार मजनूलाई दियो अनि उसको स्मृतिहरु जाग्यो र त्यो लैलाको कब्र नजीक पुगेर सम्पूर्ण जीवन रुदै वितायो र अन्तमा उसको कब्र पनि लैलाको कब्र नीर नै बन्यो । गीतकार कैफी आजमीको शव्दमा भनौ भने–

“वक्त ने किया क्या हसीन सितम तुम रहेन तुम हम रहेन हम”

अर्थात समयले कस्तो अन्याय ग¥यो जो न तिमी तिमी रहन सक्यो न म मरहन सक्यो । मजनूले लैलालाई एक पटक अन्तरंगतामा ठीकै भनेको थियो कि– मन तू शुदम, तू मन शुदी, मन जाँ शुदम तू तन शुदी, ताकस न गोयदवाद अजां मनदीगरम, तू दीगरी । अर्थात म तिमी भै जाउँ र तिमी म भै जाओ, म जान भै जाउँ तिमी देह (वदन) भै जा जसले कसैले ये न भन्ने सकोस कि म अर्को छु र तिमी अर्को छौं ।

Comment


Related News

Latest News

Trending News