अपडेट 
२०७८ फाल्गुन ५, बिहीबार १०:३८

भारत : उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति एक विवाहको दौरान १३ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बालिका रहेका छन् ।

गाउँमा विवाहको ‘हल्दी’ को परम्पराका दौरान इनारको माथि जालीमा बसेर पूजा गरिरहेका थिए । त्यतिबेला जाली टुटेपछि यो घटना भएको भारतीय मिडियाहरुले जनाएका छन् । महिलाहरु चिच्याएको आवाज सनेपछि स्थानीय घटना स्थलमा पुगेर उनीहरूको उद्धार गरेका थिए ।

उनीहरूलाई अस्पताल पुर्‍याउँदा १३ जनालाई मृत घोषित गरिएको थियो । सबैको मृत्यु डुबेर भएको बताइएको छ । घटनामा मृत्यु हुने बालिकाहरूको उमेर ५ देखि १५ वर्षको रहेको छ ।कुशीनगरको नेबुआ नौरगिंगा थाना क्षेत्रमा परमेश्वर कुशवाहको घरमा विवाहको समारोह चलिरहेको थियो ।

राति १० बजे आसपास ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्परा अनुसार इनारमा पुगेका थिए । इनारमाथि फलामको जालीले ढाकिएको पाएपछि एकै चोटि धेरै त्यहाँ चढ्न पुगेका थिए । भार धेर भएपछि जाली टुट्न पुगेको थियो ।

त्यहाँ चढेका ३५ जना एकैपटक इनारमा खस्न पुगेका थिए ।घटनामा २० जनभन्दा बढी घाइते भएको प्रहरीको भनाइ छ । मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति गहिरो शोक प्रकट गरेका छन् ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News