अपडेट 
२०७८ फाल्गुन ६, शुक्रबार ०७:२२

जनकपुरधाम । समाजवादी ईन्जिनियरिंग एशोसिएन नेपालले मधेश प्रदेश संयोजकमा ई.रोशन यादवलाई मनोनयन गरेको छ ।

मुलुक ईन्जिनियरिंग पेशाकर्मीहरुको साझा संगठन एशोसिएन (सीन)को २०७८ कात्र्तिक १४ गते काठमाण्डुमा सम्पन्न भेलाबाट केन्द्रीय समितिको गठन भएको थियो । सो समितिले ई.यादवको हालको क्रियाशीलताको मूल्यांकन गरी एशोसिएनले उनलाई केन्द्रीय सदस्यको रुपमा मनोनित गर्दै मधेश प्रदेशको संयोजकको जिम्मेवारी समेत दिएको जनाइएको छ । संगठनलाई रचनात्मक रुपमा माथि उठाउन तथा समग्र ईन्जिनियरिंग क्षेत्रमा सकारात्मक प्रभाव पार्न तथा मुलुकको समाजवादी यात्रामा यादवको महत्वपूर्ण योगदान रहने विश्वास समेत केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ ।

Comment


Related News

Latest News

Trending News