अपडेट 
२०७८ फाल्गुन ६, शुक्रबार १६:३५

राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने मधेश प्रदेशका टोलीलाई विदाइ गरिएको छ । मधेस प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार जनकपुरधाममा कार्यक्रमको आयोजना गरी महिला तथा पुरुष टोलीलाई विदाइ गरिएको हो ।

मधेश प्रदेशबाट छनोट गरिएका १२ जना खेलाडीसहित पुरुष र महिला टोलीलाई टिका र माला लगाइ विदाइ गरिएको हो ।

राष्ट्रिय कबड्डी प्रतियोगितामा मधेश प्रदेशबाट पहिलो पटक खेलाडीहरुले सहभागी हुन लागेको उक्त मन्त्रालयका शाखा अधिकृत लक्ष्मण रामले जानकारी दिए ।

महिला र पुरुष टोली का १२÷१२ जना खेलाडिका साथै ४ जना प्रशिक्षक गरी २८ जनाको टोली प्रतियोगितामा सहभागी हुन बदिर्या को गुलेरिया प्रस्थान गरेका छन् । पुरुष टोलीका प्रशिक्षकमा मनोज कुमार मण्डल र कल्याण भुजेल रहेका छन भने, महिला टोलीका प्रशिक्षकमा जित नारायण साह र संजय कुमार साह रहेका छन् । विदाइ कार्यक्रममा मन्त्रालयका सचिव केशव प्रसाद बिमली, उपसचिव देब कुमारी खत्री, साखा अधिकृत लक्ष्मण राम लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News