२०७८ फाल्गुन ७, शनिबार ०८:१२

राजविराज । सप्तरीको राजविराजमा किसानहरुको क्षमता अभिवृद्धी,बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी आधार भूत तालिम सुरु भएको छ ।

कृषि उत्पादनमा वृद्धि तथा वेरोजगार युृवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको जनाइएको छ । कृषि ज्ञान केन्द्र सप्तरीद्वारा आयोजित तीन दिवसीय तालिमको उदघाट्न गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले वेरोजगारी समस्या हल गर्नका लागि कृषिको उत्थान हुनु आवश्यक रहेको बताए । ‘बेरोजगारीले गर्दा युवाशक्ति विदेशीने क्रम बढेको छ , उनले भने “रोजगारी दिएर उनीहरुलाई स्वदेश मै रोक्नकालागि यस प्रकारको कार्यक्रमले कृषि उत्थान र युवालाई आफ्नै गाउँ–ठाउँमा काम गर्न मद्दत पु¥याउने छ ।” मुलुक कृषिबाट रैथाने लोप हुन लागेको प्रति चिन्ता व्यक्त गर्दै उनले उत्पादकत्वमा वृद्धिका दृष्टिले हाईब्रिड उपयृुक्त रहे पनि यहाँको रैथाने जातलाई संरक्षण गरिनु पनि उत्तिकै जरुरी रहेको बताए । “खुमलटारमा नेपाल कृषि अनुसन्धान परिषदले रैथाने बीउको जर्गेनाकालागि गरेको प्रयास सकारात्मक रहेको भन्दै उनले तालिममा प्राप्त ज्ञान आपूmमा मात्र सिमित नराखी छरछिमेक र गाउँघरका अन्य कृषकमा समेत बाँडन् तालिमका सहभागीहरुलाई आग्रह गरे ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले तालिममा सहभागी हुन सय भन्दा बढी आवेदन परे पनि सिमित बजेट र वर्तमान अवस्थालाई मध्य नजर गर्दै ३५ जनाको मात्र छनोट गरिएको बताए । उनले आवेदकहरु मध्ये जिल्लाका १८ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी ३५ जनाको छनोट गरी तालिम दिने व्यवस्था मिलाइएको जानकारी दिए । तलिममा सहभागी भएकाहरुको परीक्षा लिइने र उत्तीर्ण हुनेहरुलाई दिईने प्रमाण पत्र (लाईसेन्स) का आधारमा बीउ बिजन उत्पादन, बिक्री वितरण र व्यवस्थापन लगायतका काम गर्न पाउने उनले बताए । कार्यक्रममा बाली संरक्षण अधिकृत सुब्बालाल मण्डल, दिनेश्वर प्रसाद यादव लगायतले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा सहभागीहरुलाई विऊ बीजन गुणस्तर केन्द्र काठमाण्डुका कृषि विज्ञ प्रशिक्षक रचना देव र हरि यादवले प्रशिक्षण दिइरहेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News