अपडेट 
२०७८ फाल्गुन ७, शनिबार ०८:११

मलंगवा । सर्लाही जिल्लाको प्रादेशिक अस्पताल मलंगवामा अक्सिजन उत्पादन सुरु भएको छ ।

मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले शुक्रबार आयोजित एक समारोहबीच अक्सिजन प्लान्टको उद्घाटन गर्दै कोरोना महामारीसंग जुध्नको लागि मात्र नभइ यहाँबाट उत्पादन हुने अक्सिजन अन्य बिरामीहरुको उपचारको लागि पनि महत्वपूर्ण रहेको बताए । अस्पतालको आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुनथालेपछि बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने विश्वास उनले व्यक्त गरे । कोरोना कालमा बढी बिरामीलाई अक्सिजन नै चाहिएकोले अब अक्सिजन अभावको समस्या धेरै हदसम्म टर्नेमा आफु विश्वस्त रहेको उनले बताए । मधेश प्रदेश सरकारको ५० लाख रुपैयाँको लगानीमा सुरु भएको उक्त प्लान्टले दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने र यहाँ उत्पादन भएका अक्सिजन यसै अस्पतालमा भर्ना भएका बिरामीहरुको शैश्यासम्म पाइप लाइनद्वारा पु¥याइने व्यवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. नवल किशोर झाले जानकारी दिए ।

हाल यस जिल्ला अस्पतालमा ५० शैश्या क्षमता रहेको छ। कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा,प्र.प्र जनकपुरका निरीक्षक डा. श्रवण कुमार मिश्रा,जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिका नगर प्रमुख निरसल साह,नेपाल रेडक्रस सोसाइटी मलंगवाका सभापति नागेन्द्र प्रसाद चौधरी,जिल्ला आयुर्वेद कार्यालय प्रमुख डा.नन्दकिशोर कुशवाहा सहितको उल्लखेनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News