२०७८ फाल्गुन ७, शनिबार ०७:५७

कलैया । माहशिवरात्री तथा नेपाली सेना दिवशको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज बारामा साईकलिंगको आयोजना हुने भएको छ ।

स्वच्छ देश स्वस्थ मधेस भन्ने नाराको साथ पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो पटक नेपाली सेना सिद्धि बक्स गणको आयोजनामा साईकलिंग हुन लागेको हो । ३९ किलोमिटरको दूरी सम्म हुने साईकलिंगमा देश तथा बिदेशबाट साईकल यात्रीहरुको सहभागिता रहने जनाइएको छ । प्रख्यात साईकलर हरुको आगमन र भ्रमणले प्रदेशकै मान सम्मान बढ्न गइ आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुने विश्वास होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका महासचिव मोहन शर्मा लामिछानेले व्यक्त गरे । निकुञ्जमा हुने साईकलिंगमा नेपाल सरकार ,प्रदेश सरकार ,स्थानीय सरकार ,व्यवसायिक प्रतिष्ठान र स्थानीय संघ संस्थाहरुको सहकार्य र सहभागिता रहने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News