अपडेट 
२०७८ फाल्गुन ७, शनिबार ०७:५३

जनकपुरधाम । राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने मधेश प्रदेशका टोलीलाई विदाइ गरिएको छ ।

मधेस प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी महिला तथा पुरुष टोलीलाई विदाइ गरिएको हो । मधेश प्रदेशबाट छनोट गरिएका १२ जना खेलाडी सहित पुरुष र महिला टोलीलाई टिका र माला लगाइ विदाइ गरिएको हो । राष्ट्रिय कबड्डी प्रतियोगितामा मधेश प्रदेशबाट पहिलो पटक खेलाडीहरु सहभागी हुन लागेको उक्त मन्त्रालयका शाखा अधिकृत लक्ष्मण रामले जानकारी दिए । महिला र पुरुष टोलीका १२/१२ जना खेलाडीका साथै ४ जना प्रशिक्षक गरी २८ जनाको टोली प्रतियोगितामा सहभागी हुन बदिर्याको गुलेरिया प्रस्थान गरेका छन् । पुरुष टोलीका प्रशिक्षकमा मनोज कुमार मण्डल र कल्याण भुजेल रहेका छन भने, महिला टोलीका प्रशिक्षकमा जित नारायण साह र संजय कुमार साह रहेका छन् ।

पुरुष टोलीमा दिपेन्द्र कुमार श्रेष्ठ ,कृष्णा राउत ,सुजन प्रधान,कृष्ण कुमार राउत,सुधिर कुमार राय कुर्मी,राहुल कुमार राय,दिलिप कुमार चौधरी,शुशिल यादव,बजरंगी सिंह दनुवार,राकेश कुमार यादव,लक्ष्मण प्रसाद साह रहेका छन् भने महिला टोली तर्फ रिचा सिंह दनुवार,दिव्या कुमार ी,सीता कुमारी श्रेष्ठ,जलसा कुमारी चौधरी ,श्रुति कुमारी गौरो,मनिषा कुमारी भुजेल ,पुस्तिका कुमारी चौधरी,श्रीअंका कुमारी गुप्ता , नीशा कुमारी विश्वकर्मा,सरस्वती कुमारी चौधरी तथा अंजली कुमारी यादव लगातका खेलाडीहरु रहेकी छिन् ।

विदाइ कार्यक्रममा मन्त्रालयका सचिव केशव प्रसाद बिमली, उपसचिव देब कुमारी खत्री, साखा अधिकृत लक्ष्मण राम लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News