२०७८ फाल्गुन ७, शनिबार ०७:५१

जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउंदै गरेको अवैध सामानहरु नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान दुई बजेको समयमा जिल्लाको धनौजी गाउंपालिका–२ तरहीबाट प्रहरीले वेवारिसे अवस्थामा रहेको १ लाख ७५ हजार मूल्य बराबरको १ सय ४० जोड जुत्ता (पार्टी सुज) र दुई लाख मूल्य बराबरको दुइटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News