अपडेट 
२०७८ फाल्गुन ७, शनिबार १५:४८

टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।

ओमानमा जारी खेलमा नेपालले १३६ रनको जित दर्ता गर्न सफल भयो । नेपालले दिएको २१९ रनको लक्ष्य पच्छ्याएको फिलिपिन्सका लागि जोर्डन अल्गेराले अविजित २७ ड्यानीयल स्मिथले २० रन जोडे । यस्तै जोनाथम हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए उनले ४ ओभर बलिङ गर्दै जम्मा ९ रन दिए । यस्तै जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा गुल्सन झा र कुशल मल्लले एक एक विकेट लिए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतकमा नेपालले फिलिपिन्सलाई २१८ रनको विशाल लक्ष्य दिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेपनि कुशल र दीपेन्द्रको बलियो साझेदारीले २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा आउट भए । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल पनि चल्न सकेनन् । १० बलमा १२ रन बनाएर मल्ल आउट भएपछि नेपालको इनिङ कुशल भुर्तेल र दिपेन्द्र ऐरीले सम्हालेका थिए ।

कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका वर्षाए । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफ भए ।

फिलिपिन्सका लागि डेनियल स्मिथ, गुरभुपिन्दर चोहान र मिगी पोडोस्कीले १–१ विकेट लिएका थिए । नेपालको यो लगातार दोस्रो जित हो ।

Comment


Related News

Latest News

Trending News