२०७८ फाल्गुन ८, आईतवार ०७:२७

जलेश्वर । मानव विकास केन्द्रले लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोगबाट जोगिने उद्देश्यले कीटनाशक झुल वितरण गरेको छ ।

मनरा सिस्वा नगरपालिका–१० को सकरी गाउंका दुई सय घर परिवारलाई शनिबार आयोजित एक कार्यक्रमबीच झुल वितरण गरिएको हो । त्यसै गरी केन्द्रले सार्वजनिक स्थलको लागि पाँच वटा चापाकल समेत उपलब्ध गराएको संस्थाका अध्यक्ष एवं युवा नेता कुन्दन झाले बताए । लामखुट्टेको टोकाइबाट हुने मलेरिया, कालाजार र डेंगुबाट बच्न झुल सहयोगी हुने भएकोले वितरण गरिएको बताइएको छ । कार्यक्रममा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता थियो ।

Comment


Related News

Latest News

Trending News