२०७८ फाल्गुन ८, आईतवार ०७:२९

सत्ता साझेदार जनता समाजवादी पार्टी(जसपा) मिलिनियम च्यालेञ्ज कर्पोरेशनएमसीसी)को विवादमा मौन रहेको बेला संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई पार्टी फुटाउने दाउमा लागेका छन् ।

एमसीसीको सबालमा जसपा आधिकारिक रुपमा कुनै निर्णय गरिसकेको छैन् ।तर भट्टराईले एमसीसी पारित गर्नै पर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।जसपा कार्यकारिणी समितिको बैठक नबसेको अवस्थामा कसैले व्यक्त गर्ने धारणा निजी मात्र हुन सक्ने कार्यालय सचिव प्रकाश अधिकारीले बताए । ‘पार्टी भन्दा माथि कुनै नेता छैनन्’ उनले भने, पार्टीको आधिकारिक निर्णय नभई जिम्मेवार नेताले जथाभावी धारणा राख्न हुँदैन् ।एमसीसीको सबालमा राष्ट्रिय राजनीति नै तरंगित बनेको बेला जसपा पनि ठोस निर्णय लिने उनले बताए । एमसीसी लगायतका विषयमा अनावश्यक रुपमा पार्टी भित्र गुट सृजना गर्नु पार्टी हितमा समेत नभएको अधिकारीले जनाए ।‘पार्टीमा कसैले गुट बनाएर उक्साउने, विभाजनको स्थिति सृजना गर्नु संगठनको हित विपरित हो’ उनले भने, हरेक विषम परिस्थितिमा पार्टीका जिम्मेवार नेताहरुले संगठनलाई जोगाएका छन् । देशको प्रधानमन्त्री भइसकेपनि सदैव राजनीतिक विवादमा रहन रुचाउने भट्टराईको पछिल्लो गतिविधि जसपालाई विभाजन गर्न सक्ने किसिमको रहेको विश्लेषण गरिन थालिएको छ ।

एमसीसीलाई पारित गर्न सरकारमा रहे पनि जसपा अनिर्णित रहेको बेला लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)पनि मौन नै देखिएको छ ।लोसपाको पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन् ।चरम आन्तरिक विवादमा रहेको लोसपाले जसपाको निर्णयलाई कुरेको बताइन्छ । जसपालाई फुटाउन भट्टराई सफल भए लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो समूहले पनि लोसपालाई फुटाउने पक्कापक्की नै रहेको छ ।भट्टराईले अनावश्यक रुपमा विभिन्न निकायको बैठक गर्न माग गरे पनि अध्यक्ष उपेन्द्र यादव संगठन सुदृढिकरणको अभियानमा जुटेका छन् । डा.भट्टराईले एमसीसीको पक्षमा कुर्ले पनि पार्टीले पास हुने र पास नहुने अवस्थामा मात्र निर्णय लिने स्रोतहरुले जनाएका छन् ।‘पास अथवा फेल हुने निश्चित भइसकेपछि त्यसै अनुसार जसपाले निर्णय लिनेछ’ एक कार्यकारिणी समितिका सदस्यले भने, हामी कुनै निर्णय लिन हतार गर्दैनौ ।

Comment


Related News

Latest News

Trending News