अपडेट 
२०७८ फाल्गुन ८, आईतवार ०७:४४

कलैया । १२ औँ जीतपुर सिमरा गोल्डकप आगामी चैत १० गतेदेखि हुने भएको छ । शनिबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा जीतपुर सिमरा उपमहानगरपालिकाको २५ लाखको सहयोगमा प्रतियोगिता हुन लागेको नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरीले जानकारी दिए ।

चैत १८ गते सम्म चल्ने सो प्रतियोगितामा ‘ए’ डिभिजन क्लव ६ वटा, आयोजक र मोफसल गरी १० वटा टिमको सहभागिता रहने छ । कुल ८३ लाख १२ हजार ५ सयको लागतमा प्रतियोगिता सम्पन्न हुने क्लवको अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई १० लाख ,द्वितीयलाई ५ लाख नगद राशि पुरस्कार दिइनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई १ थान स्कुटी,दैनिक हुने उत्कृष्ट खेलाडी (म्यान अफ द मैच)लाई पाँच हजार नगद राशि प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी प्रत्येक विद्यामा उत्कृष्ट जस्तै गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक, र हाई स्कोररलाई २०÷२० हजार नगद राशी पुरुस्कार प्रदान गर्ने क्लबका महासचिव ठकुरीले बताए । स्थानीय उदयीमान खेलाडी पुरुस्कार १५ हजार नगद राशिको रहेको जनाइएको छ । टुर्नामेन्ट स्पोर्टर राखेप एन्फा, प्रमोटर नेपाल पर्यटन वोर्ड, वेभ पार्टनर गोल नेपाल डटकम, ईन्सुरेन्स पार्टनर लुम्बनी जनरल ईन्सुरेन्स वीरगञ्ज लगायतको रहेको छ । पत्रकार सम्मेलनमा गर्दै जीतपुर सिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरीले खेल र खेलाडीका लागि उपमहानगरपालिकाले सधंै सहयोग गरिराख्ने प्रतिवद्धता व्यतm गरिन् ।

Comment


Related News

Latest News

Trending News