अपडेट 
२०७८ फाल्गुन ८, आईतवार १७:०९

जनकपुरधाममा प्रोग्रेशिभ फाइनान्स लिमिटेडको क्षेत्रीय कार्यालयको साखाको औपचारीक रुपमा समुदघाटन गरिएको छ ।

आईतबार जनकपुरधामस्थित भानू चौक र कदम चौकको बिचमा रहेको उक्त कार्यालयको उदघाटन मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्र. साहले गरेका हुन । समुदघान कार्यक्रममा बोल्दै मन्त्री साहले वैंकिंग क्षेत्रमा प्रदेश सरकारबाट निती निमार्णको तहमा वितिय क्षेत्रमा नितीगत रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । आइतवार जनकपुरधाममा प्रोगेसिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय उदघाटन कार्याक्रममा बोल्दै मन्त्री साहले फाइनान्स कम्पनीहरुलाई प्रदेशका सम्पुर्ण स्थानियतहमा विस्तार गरेर जनतालाई सर्वसुलभ सेवा पुरयाउनका लागि सहयोग गर्ने वताए । उनले निक्षेप संकलनका लागि व्याज वृद्धि गरेर मात्र नहुने वताउदै ग्राहकलाई सुविधा प्रदान गरिए निक्षेप आफै वढने वताए । मन्त्री साहले कर्जा प्रवाहमा देखिएको कमीकमजोरीलाई समाप्त गर्दै कर्जा प्रवाहमा समेत ध्यान दिन आग्रह गरेका थिए । उनले वितिय क्षेत्रमा वेथिती रहेको वताउदै कर्जा र लगानीमा पनि समस्या व्याप्त रहेको र यसलाई समाधान गर्नका लागि छलफल गरि प्रदेश सरकारले बैंकीङ्ग क्षेत्रलाई समेत टिक्न सक्ने वातावरण मुलक निती निमार्ण गर्ने वताए ।

फाइनान्स कम्पनीका निर्देशक किशोर नेपालको अध्यक्षतमा भएको सो कार्यक्रममा जनकपुरधामका विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News