२०७८ फाल्गुन ९, सोमबार ०८:०३

राजविराज । लामो समयदेखि जीर्ण सडकका कारण समस्या भोग्दै आएका कदमाहा र मटिगढी तथा आसपासका वासिन्दाको समस्या अब समाधान हुने भएको छ ।

राजविराज नगरपालिका–१० को कदमाहादेखि मटिगढीसम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको आइतबार नगरप्रमुख शम्भु प्रसाद यादवले शिलान्यास गरी आइतबारदेखि नै निर्माण कार्य सुरु भएपछि स्थानीयले वर्षौदेखि भोग्दै आएको समस्याको समाधान हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरआइडिपी प्रोजेक्ट अन्तरगत सुरु भएको सडकको कालोपत्रे निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए । शिलान्यास समारोहमा वडा अध्यक्ष सुशिलकुमार दास, वडा सदस्य गिरिजा कुमारी यादव, कारोदेवी सदा, महन्थी यादव, इनरदेव खंगका साथै ठूलो संख्यामा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News