२०७८ फाल्गुन ९, सोमबार १३:३५

नेपाली कांग्रेस धनुषाको सभापतिमा शेखर कोइराला समूहले दिनेश प्रसाद प्रसैलालाई आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएको छ ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् ।

सभापतिको उम्मेदवार बनेका प्रसैलाले आफु सभापति जिल्लाको सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने बताए । उनले चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन नकसे आफुु पदबाट नै राजिनामा दिने समेत बताए ।

धनुषामा फागुन १५ गते कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=1s

Comment


Related News

Latest News

Trending News