अपडेट 
२०७८ फाल्गुन ९, सोमबार १५:१८

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सामा नमूना विद्यालय अन्तर्गत चार कोठे भवन र खेलमैदान निर्माणको शिलान्यास गर्नुभएको छ ।

मधेश प्रदेश सरकारले घोषण गरेको एक जिल्ला एक नमुना विधालय अन्तर्गत सोमबार पर्साको पुरानो र ऐतिहासिक त्रि–जुद्ध उच्च मावि बिरगंज छनौट भएकाले चार कोठे भवन निमार्ण तथा खेलकुद मैदान निमार्ण कार्य गर्न मुख्यमन्त्री राउतले शिलान्यास गरेका छन् ।

शिलान्यास पश्चात बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट निणर्य भएको विरगंज प्राविधि विश्वविधालय त्रि–जुद्ध विधालय मै स्थापना गरी कार्यालय लगायतका अन्य कार्यक्रमहरु संचालन गर्ने बताए । मुख्यमन्त्री राउतले प्रथम चरण मा ८/१० करोड बजेट विनियोजन गरी प्राविधिक विश्वविधालयको कार्यक्रमहरु यसै बर्ष देखी संचालन हुने बताए ।

नमुना विधालयको निमार्ण कार्य तथा प्राविधिक रेखदेख सामाजिक विकास मन्त्रालय, सामाजिक विकास इकाई विरगंजबाट हुनेछ ।

Comment


Related News

Latest News

Trending News