अपडेट 
२०७८ फाल्गुन ९, सोमबार १९:११

वीरगन्ज ,फागुन ९
नेपाल भोजपुरी प्रतिष्ठान वीरगन्जले विभिन्न स्रष्टाहरुलाई समानित गरेको छ ।

अन्र्तराष्ट्रिय मातृ भाषा दिवशको अवसरमा सोमबार वीरगन्जमा आयोजित बहुभाषिक कवि गोष्ठी, पुस्तक बिमोचन एवम् सम्मान समारोहमा बिभिन्न स्रष्टाहरुलाई सम्मानित गरिएको हो । नेपाल भोजपुरी प्रतिष्ठानले आयोजना गरेको समारोहमा , ५१ हजार रुपैया राशिको नेपाल भोजपुरी राष्ट्रिय पुरस्कार साहित्यकार मुकुन्द आचार्य र १ लाख रुपैया राशिको पण्डित दीपनारायण मिश्र अन्र्तराष्ट्रिय भोजपुरी सम्मान भारत बिहार देउरियाका कवि प्राध्यापक अरुणेश निरनलाई प्रदान गरियो ।

त्यसैगरी ५१ हजार रुपैया राशिको लोकरंग भोजपुरी पुरस्कार राजदेव दास तत्वा, शम्भु पाण्डे र सलिम मिया“लँई संयुक्त रुपमा प्रदान गरिएका छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, उपमेयर शान्ति कार्की, प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदी लगायतकाले सम्मानित व्यक्तित्वहरुलाई नगद राशि, ताम्रपत्र हस्तान्तरण गर्दै दोसल्ला समेत ओढाएका थिए ।

समारोहलाई सम्बोधन गर्दे प्रमुख अतिथि नगर प्रमुख सरावगी, उपप्रमुख कार्कीले मातृ भाषाको सेवामा समर्पित स्रष्टाहरुलाई सम्मानित गर्ने परीपाटीको स्वागत गर्दै यसलाई निरन्तरता दिनु पर्ने सुझाव दिएका थिए ।

सम्मानित व्यक्तिहरु निरन र आचार्यले सम्मानले आफूहरु अत्यन्त उत्साहित भएको र भविष्यमा भोजपुरी भाषा एवम् साहित्यको क्षेत्रमा लगनशिलताका साथ लागि रहन थप उर्जा मिलेको बताए । समारोहमा गिता भण्डारीले नेपाली, नुतन सरावगीले मारवाडी, विक्रम साहले भोजपुरी, चन्द्र किशोर झाले मैथिली भाषामा कविता वाचन गरेका थिए ।

भोजपुरी भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा लामो समय देखि योगदान दिई आएका व्यक्तित्वहरुलाई प्रोत्साहित गर्न यी पुरस्कार पहिलो पटक प्रदान गरिएको हो । समारोहमा प्रमोद पाण्डे, राकेश यादव, श्याम सर्राफ, छोटु राजा, चन्दन प्रजापति, शिव सन्देश साह, चन्दन दास, जया यादव, राम निवास देहाती, मुकेश महतो, माधुरी महतो, बिभा मेहता, बिमला गुप्ता, मुन्ना सर्राफ लगायतकालाई प्रोत्साहित गरिएको थियो ।
गायक अजमत अली र छोटु राजाले भोजपुरी लोकगित प्रस्तुत गरेका थिए । साहित्यकार उमाशंकर द्विवेदीको ‘गदनेर’ कथा संग्रह र अर्की साहित्यकार पिया मिश्राको कविता संग्रह ‘नारी, एक अस्तित्व बोध’ को बिमोचन समेत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News