२०७८ फाल्गुन १०, मंगलवार ०८:२३

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं. ८ खत्वे जातीको लागि नव–निर्मित दलानको सोमवार एक समारोह बीच मटिहानी नगरपालिका मेयर हरि प्रसाद मण्डलद्वारा समुद्घाटन गरेका छन् ।

मटिहानी नगरपालिकाको नगर स्तरीय योजना कार्यक्रम अन्तर्गत नव–निर्मित सो दलान १३ लाखको लागतमा निर्माण भएको छ । दलान निर्माण सँगै खÞत्वे जातीलाई सामाजिक काममा सहयोग पुग्ने कुरा बताइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मेयर मण्डलले सबै जातिको उत्थान र समाजिक काममा नगरपालिका क्रियाशील रहेको बताए । कार्यक्रममा मटिहानी नगरपालिका वडा नम्बर ६ का वडा रामबाबु नायक, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश प्रसाद साह, प्रमुख प्रसासकीय अधिकृत राजेश कुमार शर्मा, कार्यपालिका सदस्य बेचनी देवी मण्डल, सुनकेशी चौधरी, वड़ा सदस्यहरु नूर मोहम्मद राईन, श्याम कुमार मण्डल (लोजपा), जुगेश्वर खÞत्वेज्यू (नेकपा एमाले), नागेन्द्र लाल कर्ण( जसपा) लगायत स्थानीयहरूको सहभागिता रहेको थियो

Comment

Related News

Latest News

Trending News