अपडेट 
२०७८ फाल्गुन १०, मंगलवार १७:१६

नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय ४ पिसिआर परिक्षणका क्रममा २ सय ९९ जना र २ हजार ८ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ सय ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५३ हजार ४ सय ३० जना निको भएका छन् । हाल नेपालमा १० हजार ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News