२०७८ फाल्गुन ११, बुधबार ०५:५९

कलैया । मालपोत कार्यालय सिमरा बारामा रकम घुस नदिएसम्म कर्मचारीहरु सजिलै काम नै नगरिदिने सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

फाँटमा कार्यरत कर्मचारीहरुलाई पैसा नदिएसम्म विभिन्न बहानाबाजी गरी कर्मचारीहरु काममा बाधा अवरोध गर्ने गरेको पाइएको छ । हरेक फाँटका कर्मचारीहरुलाई फाँट पिच्छे सेवाग्राहीले रकम बुझाउने काम चलन झैं बनेको छ । फाँटका कर्मचारीहरुले प्रत्यक्ष रुपमा सेवाग्राहीसँग रकम लिएको नदेखिए पनि बिचौलिया तथा लेखनदासहरुको माध्यमबाट दैनिक लाखौँ रुपैया कुम्ल्याउने गरेका छन् । कार्यालय अवधि भित्र दैनिक भएका कानून सम्वत वा कानून असंम्वत कामहरुको कर्मचारीहरुले लेखाजोखा राख्ने गरेका छन् । कार्यालय समय समाप्त हुने बित्तिकै कर्मचारीहरु लेखापढी व्यवसायीहरुको पसलमा पुगी रकम लिने गरेको प्रत्यक्षदर्शीहरुले बताए । मालपोत कार्यालय सिमरामा खुलम खुल्ला रकमको चलखेल हुने गरको भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । पैसा कति दिने भन्ने कुरा फाँटका कर्मचारीले हामीसँग निर्धारण नगरेसम्म कामको फाईल नै अगाडि बढाई दिँदैनन् ,एक लेखापढी व्यवसायीले भने ,हाम्रो पनि बाध्यता छ ,केही रकम दिएर काम अगाडि बढाउँछौ । यता कता डर पनि लाग्छ , अख्तियार वा कुनै निकाय आयो वा अनुसन्धान ग¥यो भने हाम्रो नाम नै पहिला आउँछ । उनीहरु(कर्मचारीहरु) चोखो रुपमा बस्छन् ।

यता मालपोत कार्यालय सिमराका प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले आफु लगायतको कर्मचारीहरुले रकमको लेनदेन बारे केही जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।

Comment


Related News

Latest News

Trending News