अपडेट 
२०७८ फाल्गुन १२, बिहीबार १७:०२

नेपालमा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ५ हजार ५ सय ८ पिसिआर परिक्षणका क्रममा १ सय ५१ जना र २ हजार २ सय ३५ एन्टीजेन परिक्षणका क्रममा १ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ९ सय ३ जना निको भएका छन् ।

हाल नेपालमा ९ हजार ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र १ सय ७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News