अपडेट 
२०७८ फाल्गुन १३, शुक्रबार ०९:०९

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा–२ मा रहेको सन्त अल्पमाई रामनारायण यादव पोलिटेक्निक इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभिटि)को ३४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

विहीबार सिटिईभिटिको ३४ औं वार्षिकोत्सबको अवसर पारेर शिक्षालय प्रमुख मंकेश्वर सिंहको अगुवाइमा शिक्षालय परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी अन्तर शिक्षालय हाजिरी जवाफ प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरुका साथसाथै यस शिक्षालयमा अध्यनरत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरी सम्मान गरिएको छ । सोही अवसरमा हिन्दु स्वयंसेवक नेपाल एवं सेवा इन्टरनेशनल नेपालले कोरोना संक्रमणलाई ध्यानमा राखेर यस शिक्षालयलाई सर्जिकल मास्क समेत प्रदान गरेको छ । हिन्दु स्वयंसेवक नेपालका अध्यक्ष लालबाबु यादवले शिक्षालयका शिक्षक, विद्यार्थी, हिन्दु स्वयंसेवक नेपालका सदस्य मनिष कुमार यादव तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News