अपडेट 
२०७८ फाल्गुन १३, शुक्रबार १३:१७

सुनचाँदी बजारमा आज (शुक्रवार) छापावाल सुनको मूल्य प्रतितोला १ हजारले घटेर ९८ हजार तोकिएको छ। पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज (शुक्रवार) तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार ५ सय तोकिएको छ । बिहीवार यसको मूल्य प्रतितोला ९८ हजार ५ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर १ हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको महासंघले. जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News