अपडेट 
२०७८ फाल्गुन १५, आईतवार ०८:०९

वीरगञ्ज । ‘खेलकुद विकास हाम्रो अभियान’ नाराका साथ तेश्रो मेयर कप प्रतियोगिता २०७८ को उद्घाटन गरिएको छ ।

वीरगञ्जको आदर्श रंगशालामा शनिबार आयोजित एक समारोहबीच मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । समारोहमा मन्त्री शर्माले खेलकुदले व्यक्तिको शारीरिक स्वास्थ्य लाभ मात्र नभइ खेलकुदका गतिविधिले युवाहरुमा अनुसाशन र संस्कारमा वृद्ध समेत गर्ने गरेको बताए । खेलकुद प्रतिको आकर्षण हराउंदै गएको बेला स्थानीय सरकारले ठाउँ ठाउँमा खेलकुदलाई प्राथमिकता दिनुले समाजमा सकारात्मक सन्देश प्रवाहित भइरहेको मन्त्री शर्माको भनाइ थियो । स्थानीय सरकार लागु भए देखि वीरगञ्ज महानगरपालिकाले मेयर कपको आयोजना सुरु गरेको थियो । यस मेयर कपमा सामुदायिक तथा निजी विद्यालयहरु ले विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएको छ ।

तेश्रो मेयरकपमा सामुदायिक तथा निजी विद्यालयहरु का ३५वटा विद्यालयहरु को सहभागिता रहेको आयोजक कमिटीले जनाएको छ । वीरगञ्ज महानगरपालिकाको आयोजनामा भइरहेको यस प्रतियोगितामामा फुटबल , भलिबल, क्रिकेट, लङ्ग–जम्प, हाइ– जम्प लगायतका २२ वटा खेलहरु समावेश गरिएको छ । प्रतियोगिता दुई साता सम्म चल्ने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरु लाई जिन्सी सहित कदरपत्र दिइ सम्मान गरिने आयोजक कमिटीले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास मा जि.एच.पीविद्यालय प्रथम र मनोकामना मा.वी द्वितीय भएको छ । कार्यक्रम वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अध्यक्षतामा भएको थियो ।

Comment


Related News

Latest News

Trending News