२०७८ फाल्गुन १५, आईतवार ०८:२९

गरुडा । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झाले नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका दलले कुनै पनि हालतमा देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी पटक–पटक सत्तामा गएर पनि देशलाई समृद्धि र विकास तर्फ डो¥याउन नसकेको भन्दै उनले अधिकार प्राप्ति र विकासको लागि मधेश केन्द्रित दललाई जिताउनु पर्ने आग्रह गरे । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर बजारमा शनिबार लोसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले नेता झाले लोसपामा प्रवेश गर्नेहरुको लहरले परिवर्तनको अनुभूति गराएको उल्लेख गरे । लोसपाको माधवनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ताहरु लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् सो अवसरमा लोसपाका नेता शेख जमशैद, गौर नगरपालिकाका मेयर अजय गुप्ता, नेता अनिल सिंह, विन्देश्वर यादव, माधवनारायण नगरपालिकाका नगर प्रमुखको प्रत्याशी लीला साह लगायत पार्टीका विभिन्न नेताहरुले नवप्रवेशीहरुलाई माला लगाइ पार्टीमा स्वागत गरेका थिए ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News