२०७८ फाल्गुन १५, आईतवार ०८:३९
मलंगवा । प्रहरीले सर्लाहीको बागमतीबाट कुटपिट मुद्दाका फरार एक प्रतिवादी दम्पतिलाई पक्राउ गरेको छ ।
सर्लाही जिल्ला अदालत मलंगवाबाट जरिवानाको फैसला सुनाइएका बागमती नगरपालिका–२ का ४० वर्षीय विजय चौधरी र निजकी श्रीमति ३५ वर्षीया सुनिता देवी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी जटाशंकर यादवले जानकारी दिए । इलाका प्रहरी कार्यालय हरिवनबाट खटेको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार बिहान १० बजे बागमती नपा–२मा रहेको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सो दम्पतिलाई कानूनबमोजिम जरिवाना असुल उपर गर्न जिल्ला अदालत मलंगवामा पेश गरिएको सूचना अधिकारी यादवले बताए ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

