अपडेट 
२०७८ फाल्गुन १५, आईतवार १७:१०

नेपालमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ४ सय ८६ पिसिआर परिक्षणका क्रममा ९४ जना ३ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३५ को मृत्यु भएको छ । त्यस्तै थप ४ सय १५ संक्रमित निको हुँदा हालसम्म ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन् । हाल नेपालमा ८ हजार ५ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News