२०७८ फाल्गुन १६, सोमबार ०८:२१

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को राष्ट्रिय अध्यक्षमा वृषेश चन्द्र लाललाई सर्वसम्मतिले चयन गरिएको छ ।

आइतबार जनकपुरधाममा आयोजित पार्टीको केन्द्रीय भेलाबाट लाललाई अध्यक्षमा चयन गरेको छ भने डा.विजय सिंहलाई वरिष्ठ नेता जिम्मेवारी दिइएको छ । तमलोपाका संयोजक रविशंकर लाल कर्णको अगुवाइमा भएको भेलामा यस अघिको कार्यसमिति भंग भएको जानकारी गराउंदै ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको घोषणा गरिएको थियो । केन्द्रीय सदस्यहरुमा अञ्जना दत, अर्चना ठाकुर, इन्दुदेवी, ई. वीरेन्द्र यादव, ईश्वर पण्डित, उमेश कुमार मण्डल, गुरुशरण यादव, गौरीशंकर सिंह,जगन्नाथ चौधरी, जयनन्दन सहनी, जयनाथ नायक, जयनाथ मण्डल, जहीर अहमद, दिलिप कुमार पाण्डेय, धीरेन्द्र सिंह, ध्रुव प्रसाद साह, नवरतन मुरारका, नवीन कुमार सिंह, नवीन सिंह, निर्मला झा, बिन्दु ठाकुर,बिपिन ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, भागिरथ कर्ण, भोलानाथ झा, मदन सिंह, महेन्द्र यादव, मुक्तिनारायण यादव, मो. असगर अली, योगेन्द्र राय, रजिया बेगम, रमेश अधिकारी, रविन्द्र वर्मा, रविशंकर कर्ण, राजकिशोर मण्डल, राजेश जलान विद्रोही, राधिका देवी, रामचन्द्र साह, रामजी राय, रामतुल्लाह खान, रामनगीना पासवान, रामनारायण सिंह, शरद कुमार मण्डल, शान्ति सिंह, शेलादेवी झा, श्याम साह, श्यामोदेवी दास, सतीश लाल दास, सरस्वती कर्ण, सुनील कर्ण, सुनील तिवारी, सुहैल अहमद सहितका रहेका छन् ।

भेलाले पाँच बुंदे प्रस्ताव समेत पारित गरेको छ । देशभरिका सम्पूर्ण आन्दोलनकारी साथीहरुलाई पार्टीमा प्रवेश गराइ संघर्ष समानता र सम्मानको मधेशको पहिचानको अभियानलाई सफल गर्न आह्वान गरिएको छ । मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुमाथि चलाइएको मुद्दा गणतन्त्र नेपालको निम्ति शोभनीय नरहेको ठहर गर्दै कारागारमा राखिएकाहरुको रिहाइ तथा मुद्दा खारेजीको माग प्रस्तावमा गरिएको छ । त्यस्तै नागरिकता सम्बन्धी बिधेयक अगाडि बढाइ जनताको नागरिकताको समस्या समाधान गर्न आग्रह समेत जारी प्रस्तावमा गरिएको छ । भने हालको आरक्षणम कोटाको पुर्नव्याख्या, परिमार्जन र सो अनुसारको व्यवस्थापन आवश्यक रहेको पार्टीद्वारा पारित प्रस्तावमा उल्लेख छ । सो अवसरमा नव अध्यक्ष लालले मधेशमा पटक पटक आन्दोलन भए पनि एजेण्डाहरुको सम्बोधन नभएपछि तमलोपाको गठन गरी सोलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गरे । पार्टीका बरिष्ठ नेता डा. विजय कुमार सिंहले सुसंस्कृत ,बौद्धिक पार्टी बनाउने लक्ष्य अनुसार नै तमलोपाको गठन भएको बताए । उनले भने, ‘मधेशमा जुन क्षमता छ ,बौद्धिक चेतना छ ,आन्दोलनमा जुन प्रकारको सहभागिता छ त्यसको लाभ मधेशी जनता लिन नसकेको कारण यीनै मुद्दाहरुलाई अंगीकार गरी तमलोपा अगाडि बढ्नेछ । ’

Comment


Related News

Latest News

Trending News