अपडेट 
२०७८ फाल्गुन १६, सोमबार ०९:०२

राजविराज । राजविराजमा आयोजित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन(सौन्दर्य प्रतियोगिता)मा पुरुष तर्फ प्रतिक साह र महिला तर्फ अंजली आनन्दले उपाधि पाएकी छिन् ।

किशोर किशोरीको क्षमता विकास र अभिवृद्धि सहितका उद्देश्यले सप्तरी कलेज आईकन (सौन्दर्य प्रतियोगिता) २०२२को आयोजना गरिएको आयोजकले जनाएको छ । शनिबार राती अबेरसम्म चलेको ग्राण्ड फिनालेको आईतबार घोषित नतिजा अनुसार प्रतियोगितामा पुरुष तर्फ माधव कुमार मिश्र द्वितीय र अफहान फरहान तृतीय भएका छन् । यस्तै महिला तर्फ आँचल यादव द्वितीय र ग्रिसिका सुराना तृतीय भएकी छिन् । रक्षा मिडिया हाउस प्रालि काठमाण्डुको समन्वय तथा लायन्स क्लब अफ राजविराज सिटीको आयोजनामा संचालित प्रतियोगितामा फाईनलका लागि १७ जनाको छनोट गरिएको थियो । प्रतियोगीहरु संग निर्णायक समितिद्वारा लिइएको अन्र्तवार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व, प्रतिभा र कला प्रस्तुतिको आधारमा विजेताको चयन गरिएको रक्षा मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक भुवन राउतले जानकारी दिए । विजेताहरुलाई लायन्स क्लब ३२५ एफका फष्ट गर्भनर शिव कुमार कटुवाल, लायन्स क्लब अफ राजविराज सिटीका अध्यक्ष अरुण कुमार प्रधान, तिलाठी कोइलाठी गाउंपालिकाका प्रमुख शतिस सिंह, निर्णायक समितिका कैलाश खाकी श्रेष्ठ लगायतले ताजसहित क्राउन, प्रमाण पत्र र उपहारबाट सम्मानित गरेका थिए ।

Comment


Related News

Latest News

Trending News