२०७८ फाल्गुन १६, सोमबार ०९:१२

गौर । गौर नगरपालिकाको सहयोग तथा मिशन फर बेटर लाइफ रौतहटको आयोजनामा इलमी वा दिनी (सीप तथा ज्ञान) विषयक प्रतियोगिता गौरमा सम्पन्न भएको छ ।

मदरसामा अध्यनरत बालबालिका बीच प्रतिस्पर्धा गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख अजय कुमार गुप्ताले मुस्लिम समुदायका बालबालिकाको प्रतिभा देखेर खुशी लागेको बताए । गौर नगरपालिकाले नगरपालिका भित्र रहेका दुवै समुदायको बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि समान रुपमा लगानी गर्दै आएको जनाए । आयोजक सस्थाका अध्यक्ष मोहमद आफताव आलमको अग्रसरतामा भएको सो प्रतियोगितामा कुरान,नेपाली,धार्मिक विषयमा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा सफल भएका बाल बालिकाहरुलाई पुरस्कारबाट पुरस्कृत गरिएको आयोजक सस्थाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News