![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ ।
आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला मूल्य १३ सय ४० रुपैयाँ तोकिएको छ ।