अपडेट 
२०७८ फाल्गुन १६, सोमबार १४:२५

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या लामो समयपछिको सबैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरुको सङ्ख्या पनि धेरै कम हुँदै गएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका हुन । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

Comment


Related News

Latest News

Trending News