जनकपुरधाम । धनुषा जिल्लामा गत एक महिनाको अवधिमा हुन लागेको ९ वटा बालविवाहलाई प्रहरीले रोकेको छ ।
माघ महिना देखि हाल सम्म जिल्ला प्रहरी कार्यालय धनुषाले गोप्य सूचनाको आधारमा जिल्लाको विभिन्न स्थानमा हुँदै गरेको बालविवाह रोकेको जनाएको छ । कार्यालयका अनुसार शहिदनगर नगरपालिका–३ का परिवर्तित नाम राम कुमार यादवको १६ वर्षीया छोरी समताको कुमारी यादव , धनुषाधाम नपा–.९की परिवर्तित नाम श्रवण कुमार सदाको १४ वर्षीय छोरी भारती सदा , लक्ष्मीनिया गापा–७का परिवर्तित नाम पवन यादवको १७ वर्षीया छोरी राधिका यादव , सबैला नपा–४ का परिवर्तित नाम मिलन शर्माको १६ वर्षीय छोरी नेहा शर्माको हुनै लागेको अवस्थामा बालविवाह रोकिएको हो । त्यसै गरी विदेह नपा–१का परिवर्तित नाम बेचन ठाकुर बरहीको १८ वर्षीया छोरी परिवर्तित नाम मोनिका शर्मा ,विदेह नपा–.६का परिवर्तित नाम कामेश्वर राउतको छोरी १४ वर्षीया रिवर्तित नाम सबिता राउत , विदेह नपा–६का परिवर्तित नाम विजय मंडलको १४ वर्षीया छोरी परिवर्तित नाम चांदनी मंडल , जनकपुरधाम उपमहानगरपालिका–१४ का विकास दासको १७ वर्षीया छोरी रिंकु दास, क्षीरेश्वरनाथ नपा–.१०का परिवर्तित नाम लकमी ठाकुरको १७ वर्षीया छोरीपरिवर्तित नाम मनिशा कुमारी शर्माको हुन लागेको अवस्थामा बालविवाह रोकिएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=KFeu-Xb4TaI

