अपडेट 
२०७८ फाल्गुन १७, मंगलवार १८:२०

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई तथा विभागका पदाधिकारीहरु संग सङ्घको सभाकक्षमा भन्सार संग सम्बन्धित विषय छलफल तथा अन्तरक्रिया गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई तथा विभागका पदाधिकारीहरु संग सङ्घको सभाकक्षमा भन्सार संग सम्बन्धित विषय छलफल तथा अन्तरक्रिया गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयका बारे प्रकाश पार्नु भएको थियो ।

डा.गुप्ताले नेपालबाट रातो बासमती निर्यातका लागि हामीले पहल गर्नुपर्ने बताउँदै उद्योगको लागि आयात गर्ने मेशीनमा १ प्रतिशत भन्सार लाग्ने गरेता पनि मेशीनको पाट्र्सहरु मंगाउँदा बढी भन्सार तिर्नु पर्ने व्यवस्थालाई परिमार्जन गरि १ पतिशतमै झार्नु पर्ने तर्फ महानिर्देशकको ध्यानाकर्षण गराउनु भएको थियो । अध्यक्ष डा. गुप्ताले क्ष्ऋए बाट हाल मालवाहक सवारी साधनमात्र आइृ रहेकोले पब्लिक सवारी साधन चार पाङ्गग्रेलाई पनि आवत जावत गर्ने गरि सहजता प्रदान गर्न मांग गर्दै आम सर्वसाधारणको लागि पनि आवत जावत खुला गरिनु पर्ने तर्फ जोड दिनु भएको थियो ।

विगत वर्षहरुमा सरकारले दालको निर्यातमा ४ प्रतिशत अनुदान दिने गरेको थियो तर अहिले आएर अनुदान दिन बन्द गरेकोले दलहन निर्यातमा सरकारले दिंदै आइको अनुदानलाई पुनः लागु गरिनु पर्ने तर्फ महानिर्देशकलाई बताउनु भएको थियो । महानिर्देशक भट्टराईले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पस्तुत गरेका संस्थागत सुझावहरु हाम्रालागि मार्ग निर्दशकका रुपमा रहेको बताउँदै व्यवहारिक समस्यालाई तत्काल निरुपण गर्ने र नीतिगत समस्याको समाधानका लागि आवश्यक गृहकार्य गरि निजी क्षेत्रलाई सहज वातावरण निर्माण गर्ने कुरा बताउनु भएको थियो । उहाँले नेपाल सरकारले संकलन गर्ने राजश्वको झण्डै आधा हिस्सा वीरगञ्ज र ड्राईपोर्ट भन्सारबाटै संकलन हुने गरेकोले यस क्षेत्रको माँग, गुनासो र सुझावलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्सार विभाग प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

आफु विभागको महानिर्देशक भएर आएको भर्खरै २ हप्ता मात्र भएकोले समस्याहरुका प्रकृती हरेर प्राथमिकताका आधारमा समाधन गर्ने तर्फ भन्सार प्रशासन क्रियाशिल रहेन धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै ४७ वटा संकेत नम्बरमा आउने मालवस्तुको हकमा शतप्रतिशत मार्जिन राख्ने प्रावधानले परेको कठिनाई, भन्सार मूल्याँकनमा देखिएको जटिलता क्ष्ऋए र क्ष्ऋम् (ड्राईपोर्ट)को सबै सौन्दर्यकरण तथा व्यवहारिक कठीनाईका साथै विविध पक्षलाई प्रकाश पार्दै समाधानका लागि ध्यानाकर्षण गराउनु भएको थियो ।

यसैगरी सहभागीहरुले भन्सार प्रशासन, ख्ऋत्क्, मल्याँकन, भन्सारमा रहेको प्रयोगशालालाई अत्याधुनीक उपकरणका साथ सु–सज्जित गर्ने, भन्सारमा रहेका धरौटीको समयमै फिर्ता हुन पर्ने, विद्युतिय भूक्तानीमा देखिएका प्राविधिक समस्यहरुका बारे सङ्घका पूर्व अध्यक्ष द्वय अशोककुमार टेमानी, प्रदीप केडिया, उपाध्यक्ष हरी गौतम, सचिव आशीष लाठ, सदस्य शिवजी प्रसाद साह, निरज अग्रवाल, सुमन क्याल, प्रकाश खण्डेलवाल, अर्जुन गौतम गुड्डी जोशी, दीपक कार्कि लगायतले उक्त कुराहरु राख्नु भएको थियो ।

यसै गरी सहभागिका जिज्ञासाहरुलाई वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, भन्सार विभागकका निर्देशक रामप्रसाद रेग्मी, ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमको संचालन सङ्घका महासचिव मनोजकुमार दासले गर्नु भएको थियो भने धन्यवाद सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले गरेको अन्तरक्रिया कार्यक्रममा पर्साका प्रजिअ उमेश ढकाल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी पर्साका प्रमुखद्वय रमेश बस्नेत, टीका पोखरेल, आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुबेदी तथा उद्योगी व्यवसायीहरुको वृहत उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News