२०७८ फाल्गुन १८, बुधबार ०६:५३

जनकपुरधाम ।आन्तरिक विवाद चुलिएको बेला लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा एमाले कित्तामा उभिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेका लोसपाले एमालेसितको निकट्तालाई कायमै राखेको छ ।स्थानीय तहको निर्वाचनमा उनले एमालेसित गठबन्धन हुन सक्ने संकेत गरेका छन् । महाशिवरात्रिको अवसरमा जलेश्वरनाथ मन्दिरमा दर्शन पूजाका लागि आएका ठाकुरले सञ्चारकर्मीहरुसित संक्षिप्त कुरागर्दै एमालेसित स्थानीय तहको चुनावमा गठबन्धन गर्ने संकेत गरे । वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशैभर एकै दिन हुने घोषणा भइसकेको छ ।६ महिना पूर्व गठन भएको लोसपाले संगठन निर्माण भन्दा एमालेसित तालमेल गरी स्थानीय तहको चुनाव लड्ने तयारी गरेको छ । राष्ट्रिय राजनीतिमा लोसपा अन्योलमा रहेको छ ।एमसीसी पारित गर्ने पक्षमा रहेको लोसपा चुनावमा एमालेसित सहकार्य गर्ने बताउँदै आएको छ ।एमालेसितको सामीप्यता बढेसँगै ठाकुर निकट रहेका नेताहरु वृषेशचन्द्र लाल, डा.विजय कुमार सिंह लगायतले साथ छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) लाई ब्यू“ताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै ठाकुर नेतृत्वको जसपाको तत्कालीन गुटबाट एक दर्जन नेता सांसद मन्त्री बनेका थिए ।जसपालाई विभाजन गर्न ठाकुरलाई सघाएका ओलीले स्थानीय तहको चुनावमा मधेशमा लोसपाको साथ खोजेका छन् ।

मधेशका जिल्लाहरुमा स्थानीय तह चुनावका लागि ओलीले पश्चिममा ह्रदयेश त्रिपाठी, मध्यमा ठाकुर र डा.सीके राउतसित गठबन्धन गर्न सक्ने बलियो संभावना रहेको छ ।ठाकुरले गठबन्धनको संकेत गरेका छन् ।तर राउत र त्रिपाठीले चुनावी तालमेलबारे धारणा सार्वजनिक गरिसकेका छैनन् । ‘स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल हुन सक्छ’ ठाकुरले भने, आवश्यकता अनुसार गठबन्धनका लागि छलफल गरिनेछ । एमालेसित कुनै असन्तुष्टि नरहेको उल्लेख गर्दे ठाकुरले भने, वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेलको संभावना छ ।तर हाल कसैसित गठबन्धन भइनसकेको उनले खुलाए । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्दा कार्यकारिणी समितिको बैठक नगरी पुरानै हस्ताक्षरको आधारमा आधिकारिक टिकटमा ठाकुरले आफ्नै हस्ताक्षर रहने प्रावधान राखेपछि विवाद चुलिएको छ ।ठाकुरले पार्टीमा मनपरी गर्न थालेको आरोप लगाउँदै वरिष्ठ नेता राजेन्द्र महतो समूहले विरोध गर्न थालेका छन् ।महतोको काउण्टरमा वरिष्ठ नेता बनाइएका शरतसिंह भण्डारीलाई अहिले ठाकुरले च्यापेका छन् ।

Comment


Related News

Latest News

Trending News