२०७८ फाल्गुन १८, बुधबार ०६:५२

स्वच्छ देश ,स्वच्छ मधेश भन्ने मूल नाराका साथ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जले बारामा साइक्लिङ्ग कार्यक्रमको आयोजना गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जलाई मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको निकुञ्जको प्रमुख मनोज कुमार साहले जानकारी दिए । साइक्लिस्टहरुले आधाभार देखि हलखोरिया दह हुँदै हात्तीसार जंगल फायरलेन क्रस कन्ट्री ३९ किलोमिटर साईकल यात्रा गरेका थिए । कार्यक्रमको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्जको प्राङ्गनमा प्रदेश सभा सदस्य सीता गुरुङ्गले गरेकी थिइन् भने समापन अम्लेखगंजको हात्तीसारमा मधेश प्रदेशका उद्योग ,पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले गरे । समापन कार्यक्रममा बोल्दै मन्त्री महतोले मधेश प्रदेशको एक मात्र निकुञ्ज रहेको पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मधेश प्रदेश सरकार ,स्थानीय सरकार ,नेपाली सेनाको सिद्धिबक्स गण ,पर्यटन ब्यवसायी र औधोगिक प्रतिष्ठानहरुको समन्वयमा कार्यक्रम भएको थियो । साइक्लिङ्गमा नेपाल भरिका बिभिन्न ठाउँहरुबाट तीन सय भन्दा बढी साईकल यात्रीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका बीचमा मौलिक पहिरन सहितको लोकगीतमा नृत्य गरिएको थियो । साईकल यात्रामा बालबालिका, महिला, युवा र भेट्रान्स नागरिकहरुको समेत सहभागिता रहेको थियो । साईकल यात्रामा निर्धारित गन्तव्यमा पुगेर सबभन्दा अगाडि बारा राईडर्सका रामकुमार चौधरी र हरेराम अचार्य पहिला आएका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा, त्रिलोकी चौधरी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनाल, डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, ईलाका प्रशासन सिमराका प्रमुख मोहन अर्याल, वरिष्ठ पर्यटन व्यवसायी युवराज लामा लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News