२०७८ फाल्गुन १८, बुधबार ०६:५६

जनकपुरधाम ।नेकपा एमालेका मधेश प्रदेश ईञ्चार्ज रघुवीर महासेठलाई उनकै निर्वाचन क्षेत्रमा कडा चुनौती दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा एमालेको दुईवटा कमिटी गठन गरिएको छ । नगरको सोमवार भएको अधिवेशनले युवा नेता शुभनारायण मण्डलको अध्यक्षतामा ८५ सदस्यीय कार्य समिति गठन गरेको २४ घण्टा नबित्दै महासेठ र उनकी पत्नी जुली महतोले मंगलवार समानान्तर नगर कमिटी बनाएका छन् । महासेठ दम्पतीले मण्डलको विरोधमा सुरेन्द्र भण्डारीलाई नगर अध्यक्ष भएको घोषणा गरेका छन् ।भण्डारीलाई अध्यक्ष घोषणा गरिएपछि जनकपुरधाम उपमहानगरपालिकामा दुईवटा नगर कमिटी भएका छन् । धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव, उपाध्यक्ष लक्ष्मीनारायण यादव, केन्द्रीय सदस्य यदुवंश झा, शिला यादव लगायत युवा संघका केन्द्रीय उपाध्यक्ष संजीव झा लगायत भारी संख्यामा संगठित सदस्य तथा युवाहरुको सहभागिता रहेको थियो । एमाले जनकपुरधाम उपमहानगर पालिकाको अधिवेशन १८ गते बुधवार गर्ने सहमति भएको थियो ।तर महासेठले घरमै माइन्युट तयार गरी अध्यक्ष बनाउने प्रपञ्च गरेपछि दुई दिन अगावै सूचना दिएर अधिवेशन सम्पन्न गरिएको बताइएको छ । मण्डल अध्यक्ष रहेको कमिटीलाई जिल्ला कमिटी धनुषाले मान्यता दिएकोछ ।एमालेका नेता रामबाबु साहको अध्यक्षतामा भएको नगर अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका मण्डलले पार्टीमा महासेठले विभाजन ल्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

गत महिना सम्म महासेठका सारथी रहेका जिल्ला अध्यक्ष यादवले नै अहिले उनलाई चुनौती दिएका छन् ।महासेठले स्थानीय तहको अधिवेशनमा जिल्ला अध्यक्षलाई वेवास्ता गरेपछि उनले टक्कर दिएका छन् । जिल्ला अध्यक्ष यादवको समूहले खुल्ला रुपमा पालिका अधिवेशन गर्न थालेको छ ।तर महासेठले पुरानै प्रवृतिलाई दोहर्याउँदै घरमै माइन्युट गरी अधिवेशन गरिरहेको आरोप लागेको छ । यादव समूहलाई महासचिव शंकर पोखरेलको समर्थन प्राप्त छ ।मधेश प्रदेशमा प्रभु साह लगायतका नेताहरुले सहकार्य गरिरहेका छन् ।साहसित रहेका पूर्व माओवादी नेताहरुले जिल्लामा यादव समूहलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।तर पूर्व प्रदेश सभासद रामचन्द्र मण्डल महासेठसित जोडिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका कृपापात्र मानिने धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव नेतृत्वको टोली महासेठ विरुद्ध केन्द्रमा उजुरी दिने तयारी गरेका छन् । ‘महासेठ दम्पत्तीले नगरमा संगठनलाई भाँडभैलो गर्न थाले’ जिल्ला सदस्य रामकृष्ण यादव(सचिन)ले भने, उपमहानगर अधिवेशन सम्पन्न भैसकेको अवस्थामा अर्को कमिटी घोषणा गर्नु दूर्भाग्यपूर्ण हो । ‘केही व्यक्तिलाई नगर कमिटीमा राख्नै परेको भए उनले जिल्ला अध्यक्ष अथवा नगरअध्यक्षसित समन्वय गर्नु पथ्र्यो’ उनले भने, तर समानान्तर कमिटी बनाएर संगठनको मूल्य र मान्यता विपरीत कार्य गरिएको छ ।

प्रदेशको ईञ्चार्ज रहेका नेताले यस्ता क्रियाकलाप गर्न नसुहाएको उनले बताए । महासेठ दम्पत्तीको हैकमवादी प्रवृतिको कारण मधेश प्रदेश एमालेमा चरम विवाद देखिएको छ ।पार्टी संगठनको भन्दा महासेठले चाहेका व्यक्तिलाई नेतृत्वमा ल्याउन भाँडभैलो मच्चाएको आरोप लाग्दै आएको छ । एमालेबाट सत्रुधन महतो, श्रीप्रसाद साह लगायतका प्रभावशाली युवा नेताहरु अलग्गिएपछि निर्विकल्प बनेका महासेठको क्रियाकलापले उनी विरुद्ध सशक्त समूह धनुषामा तयार भएको छ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News