अपडेट 
२०७८ फाल्गुन १८, बुधबार ११:३८

सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ करिब १ लाख नजिक पुगेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो । यसका साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News