२०७८ फाल्गुन १९, बिहीबार ०६:४२

सर्लाहीको सदरमुकाम मलंगवामा महावीर झण्डा मेला सुरु भएको छ ।

धर्म, कला संस्कृतिको जगेर्ना, मनोरञ्जन तथा आन्तरिक व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलाको नगर प्रमुख निरसल साहले जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी,मलंगवा नपा–२ का वडाध्यक्ष राम उजैन राय सहितकाले बुधबार संयुक्त रुपमा एक समरोहबीच उद्घाटन गरेका छन् । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२ मा रहेको झण्डा बजारमा सुरु भएको झण्डा मेलामा कलात्मक रथमा सवार भगवान राम र सीता सहितको प्रतिमा निर्माण गरिएको भने बजरंगबलीको प्रतीक कलात्मक १५ खण्डको झण्डा दर्शनका लागि स्थापना गरिएको छ । त्यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा भौतिक सामाग्रीको बिक्री तथा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, मनोरञ्जनका लागि विभिन्न खेल तमासा,सर्कस,मौतका कुवा,रामहिलोरा झुला,ब्रेकडान्स झुला,बच्चाहरुको लागि झुलाको व्यवस्था गरिएको छ ।

यसका साथै मेलाको विशेष आकर्षणको रुपमा कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ । फागुन २२,२३ र २४ गते हुने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका नाम चलेका पहलवानहरु बीच महाकुस्ती खेलाइने मेला समितिका अध्यक्ष भोला साह सोनारले जानकारी दिए । मेला भर्न आउने दर्शनार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनको तर्फबाट चौबीसै घण्टा सुरक्षाकर्मी र ठूलो संख्यामा मेला समितिका स्वयंसेवकहरु परिचालन गरिएको छ । मेला फागुन फागुन २५ गतेसम्म चल्ने जनाइएको छ । आवश्यक परेको खण्डमा मेलाको समय लम्ब्याउन सकिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News