२०७८ फाल्गुन १९, बिहीबार ०७:२८

जनकपुरधाममा रहेको राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले परीक्षा सारिएको विरोधमा तोडफोड गरेका छन् ।

बुधवार हुने परीक्षा एक्कासी सारिएको विरोधमा बिबिए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन । बिना सूचना परीक्षा सारिएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरु तोडफोडमा उत्रेका हुन् । विश्वविद्यालयले पटक÷पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए । ‘हामी परीक्षा दिन ११ वजे नै कलेज पुग्यो । तर त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो ।

किन परीक्षा स्थगित भएको होला भन्ने जानकारी गराउन विश्व विद्यालयका कुनै व्यक्ति भेटिएनन, प्रशासन शाखामा पनि कोहि थिएनन् । त्यसपछि आक्रोशित विद्यार्थीहरुले नारावाजी गर्दै तोडफोड गर्न पुगे,’उनले भने । ६ महिना भित्रै हुनुपर्ने सेमेष्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरुले दिन नपाएको भन्दै उनले भने,‘ समयमा परीक्षा नलिएर विश्वद्यालयले आफूहरुको जीवनसँग खेलवाड गरिरहेको छ । परीक्षाको सूचना पटक– पटक प्रकाशित गर्छ र पटक पटक स्थगित पनि गर्छ । त्यस्तोमा आफूहरुको भविष्य कस्तो होला भन्ने प्रश्न समेत विद्यार्थीहरुले गरेका छन् । विद्यार्थीहरुले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News