२०७८ फाल्गुन १९, बिहीबार १२:३५

सत्ता गठबन्धनबीच स्थानीय चुनावमा मिलेर जानसक्ने संभावना देखिएको छ ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ‘स्थानीय तहमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत देखिएको हो ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादवले वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको बताएका छन् ।

यस्तै सत्ता गठबन्धनको बैठकले आफ्नो कामको समीक्षा गरेको छ । अहिलेसम्मका काम कारबाहीको समीक्षा गरेको हो । सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको अध्यक्ष यादवले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News